काठमाडौँ । नेपालले ओमानमाथि आज(शुक्रबार) शानदार जित निकालेको छ । ओमानलाई ३९ रनले हराउँदै नेपालले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सुखद सुरुआत गरेको हो ।
१ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १६ दशमलव २ ओभरमा अलआउट हुँदै ७८ रन मात्र बनाउन सक्यो ।
ओमानको अल अमेरात क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १७ रनको लक्ष्य दिएको थियो ।
ग्लोबल छनोट ‘ए’ मा नेपालको दोस्रो खेल फेब्रुअरी १९ मा फिलिपिन्सविरुद्ध हुनेछ ।
ग्लोबल छनोट ‘ए’ मा नेपालसहित ओमान, क्यानडा, बहराइन, आयरल्यान्ड, जमर्नी, युएई र फिलिपिन्स गरि आठ टोली छन् । जसको समूह ‘ए’ मा नेपाल, ओमान , क्यानाडा र फिलिपिन्स रहेका छन् भने समूह ‘बी’ मा बहराईन, आयरल्यान्ड, जर्मनी र युएई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्