Ads

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फागुन २० सम्म स्थगित


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई पदाधिकारी चयन गर्न बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।

विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

फागुन ८ र ९ गते बोलाएको केन्द्रीय कमिटी बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको ढकालले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू