Ads

फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु


काठमाडौँ । मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा आज(शुक्रबार) कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए । तीन जनाको मृत्यु भएको पुष्टि भएको छ,“ सैनिकले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, “यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन,“ वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । -रासस

Ads

सम्बन्धित पोष्टहरू