Ads

पूर्वराजा शाहको टिप्पणी : विभाजित चक्रव्युहले प्रजातन्त्र दिशाहीन


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज(शुक्रबार) शुभकामना दिएका छन् । जनताले अपेक्षा गरेको, रोजे खोजेको सहि शासन पद्धती र विधि विधानमा सबैको ध्यान जाओस् भन्दै शुभकामना सन्देश दिएका छन् ।

प्रजातन्त्र कसैले कसैलाई दिने अनुदान होईन, यो व्यवस्था आफ्नै आचरणबाट विस्तार हुँदै जाने प्रणाली भएको भन्दै यो स्वतः स्फूर्त एवं लोकसम्म हुन्छ र हुनुपर्छ भनेका छन् ।

पूर्व राजाले सरकार अलमलिएको, न्यायालय पनि बिग्रिएका, निर्वाचन प्रणाली भाँडिएको र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी समेत गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू