काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए । बैठकमा एमसीसी र गठबन्धनबारे छलफल हुने छ ।
बिहान ११ बजे बैठक अर्याल होटेलमा बस्ने छ । स्थायी कमिटिको बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।
स्थायी कमिटी बैठकमा एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।
माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।
आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्