काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिने बताएको छ ।
आज(शनिबार) बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले जानकारी दिएकी हुन् ।
एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड दिएका छन् । एमसीसी संशोधन गरेर मात्र पारित गर्न सकिने पार्टीको धारणा यथावत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्