काठमाडौं । सत्तागठबन्धनमा रहेका तीन दल माओवादी, एकीकृत समाजवादी र जसपाबीच छलफल भएको हो । आइतबार बिहान सत्तागठबन्धनको बैठक बस्नु अघि कांग्रेस बाहेक तीन दलका नेताहरुबीच कोटेश्वरमा छलफल भएको हो ।
एमसिसीबारे हमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा रहेका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दियो ।
बैठक एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको निवासमा भएको हो । स्रोतका अनुसार एमसीसीका बारेमा तीनै दलको धारणा एउटै बनाउने रहेको छ ।
प्रतिक्रिया दिनुहोस्