काठमाडौं । सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेकाले सदनमा पेस गर्ने सहमति जुटेको छ ।
नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै पास हुनुपर्ने पक्षमा छ । गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास गर्न नहुने अडानमा छ । उसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्