Ads

एमसीसी टेबल गर्ने विषयमा माओवादीको लिखित असहमति


काठमाडौं । सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न भएको सहमतिको विरुद्ध माओवादीका तीन जना सांसदले असहमति जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका तीन जना नेता असहमति पत्र पेश गरेका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेस गरेका हुन् ।

घर्तीले अहिले संसद नै नखुलेको समयमा अन्य एजेण्डा पेश नहुने तर एमसीसीमात्र पेश हुने विषयमा हाम्रो असहमति दर्ता गरेका बताइन् ।

Ads

सम्बन्धित पोष्टहरू