काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यसूचीमा राखिएको छ ।
आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ ।
आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले असहमति राखेका थिए । प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन ।
प्रतिक्रिया दिनुहोस्