काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले नेपालको कुन कानुन अनुसार एमसीसी संसदमा टेबल हुन लागेको हो भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै नेता रावलले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति विनै एमसीसी कसरी टेबल भयो ? भनेर प्रश्न गरे । उनले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कुन कानुन अनुसार एमसीसी टेबल गरिएको जवाफ दिन माग गरे ।
‘जुन विषय नेपालको स्वभिमान, आत्मसम्मानसँग सम्बन्धित छ । जनताको भावना विपरित एमसीसी अघि बढाउनु आपत्तिजनक छ’। रावलको भनाइ छ ।
उनले संविधानको धारा २७९ अनुसार यस्ता विषयमा संसदबाट अनुमोदन गर्दा दुई तिहाई बहुमत भनिएको भन्दै अन्यथा संघीय कानुन अनुसार भनिएपनि संघीय कानुन नबनाएको भन्दै ‘खै संघीय कानुन ?’ भनेर प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्