काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुदा सत्ता गठबन्धनकै सांसदहरुले विरोध गरेका छन् ।
बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए ।
उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि उभिएर त्यसको विरोध गरे। एमसीसी टेबल गर्न नुहने उनको भनाइ छ । गठबन्धनकै सांसद दुर्गा पौडेले पनि विरोध जनाएकी छन् । प्रमुख प्रतिmपक्ष दल एमालेका सांसद भीम रावले पनि टेबल कुन कानुनमा टेकेर भएको भन्दै विरोध जनाएका छन् ।
एमसीसी टेबल हुँदै गर्दा नेता खनालले उभिएर नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्