काठमाडौं । सरकारले संसदमा एमसीसी टेबल गरेपछि नयाँ बानेश्वर क्षेत्रवरपर त्यसको विरुद्धमा आन्दोलन चर्केको छ । सडकमा एमसीसी विरुद्ध आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ।
यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो।
आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै एमसीसी चाहिँदैन, देश बेच्न पाइदैनुलगायत नारा लगाइरहेका छन्। उनीहरूलाई तित्तरवित्तर पार्न प्रहरीले पानीको फोहोरा, अश्रुग्यास पछि रबरको गोली प्रहार गरेको हो ।
प्रहरीको बल प्रयोगबाट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह लगायत धेरै नेता–कार्यकर्ता घाइते भएको बताइएको छ।
एमसीसी सम्झौता भने संसद्मा टेबल भइसकेको छ। माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले भने एमसीसी यथास्थितिमा पारित गर्न नहुने अडान राख्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्