काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले संसदमा टेबल भएको एमसीसी पास गर्न आफूहरूको समर्थन नगर्ने बताएका छन् । आइतबार संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् ।
एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने, ‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’
एकीकृत समाजवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमीसीसी सदनमा टेबल गर्न दिने निर्णय गरेको थियो । समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसदमा एमसीसी टेबल गर्दा पनि उठेर विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्