Ads

पहिले नै एमसीसीको विरोधमा उभिने निर्णय गरेका हौं, प्रदर्शनमा प्रहरी दमन निन्दनीय : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका विपक्षमा उभिने निर्णय पहिला नै गरेको बताएका छन् । आफ्नो विरोधका बीच सरकारले एमसीसी टेबल गरेको प्रचण्डको भनाइ छ।

‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ,’ सामाजिक संजालमा प्रचण्डले लेखेका छन्, ‘हाम्रो पार्टी र संसदीय दलले एमसीसी का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’

एमसीसीको विरोधमा उत्रिएकालाई प्रहरी दमन गरेको भन्दै प्रचण्डले विरोध गरेका छन् । उनले भनेका छन्, ‘एमसीसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
आजको प्रर्दशनमा माओवादी निकट भातृ संगठनका नेताकार्यकर्ता प्रहरीसंगको झडपमा घाइते भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू