काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठक सकिएलगत्तै सांसदहरुसँग अन्तरक्रिया गर्दै अझै पनि सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा रहेको बताएका छन् ।
विदेशीहरुको चलखेल बढेपछि र सडकमा झडपको अवस्था सृजना भएपछि मात्र अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको उनको भनाई छ।
ओलीले आफूहरु द्वन्द्व बढाउने पक्षमा नरहेको टिप्पणी गरेका छन् । शान्तिपूर्ण निकासको पक्षमा रहेको भन्दै यदि संसदीय प्रक्रियामा आफूहरुले भाग लिन सकेमा एउटा स्ट्याण्ड हुने बताएका छन् ।
आज(आइतबार) प्रतिनिधिसभा बैठकमा एमसीसी पेश हुँदा एमालेले नाराबाजी र संसद् अवरोधलाई निरन्तरता दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्