Ads

नेकपा समाजवादीभित्र एमसीसीका विषयमा विवाद उत्पन्न भएपछि सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा (एकीकृत समाजवादीं) मा एमसीसीलाई लिएर पार्टीभित्रै विवाद उत्पन्न भएपछि सचिवालयको बैठक बोलाइएको छ ।

दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसको शनिबार बसेको स्थायी कमिटीले एमसीसीबारे गरेको निर्णयमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानिय नेता झलनाथ खनालबीच विवाद देखिएको छ ।

सम्मानित नेता झलनाथ खनाललगायतले स्थायी समितिले एमसीसी सदनमा टेबल गर्न दिने निर्णय नगरेको बताएका थिए । भने नेपाल पक्षका नेताहरू एमसीसी टेबल गर्न दिने निर्णय भएको बताएका थिए ।

खनालले सदनमा एमसीसी टेबल हुँदासमेत उठेर विरोध गरेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू