Ads

२०३० सम्ममा एचआईभी अन्त्य गर्ने सरकारको रणनीति


काठमाडौँ । पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक भएको छ । एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो ।

सरकारले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिप्रेन्द्र रमण सिंहका अनुसार यस योजनाले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पु¥याउने छ ।
नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्कबाट र लागुपदार्थ प्रयोगकर्ताले प्रयोग गर्ने सुईद्वारा सर्ने देखिएको छ ।

नेपालमा एचआइभीको उच्च जोखिममा सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने,यौनकर्मी र पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकले बताएको छ ।

नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी नयाँ एचआइभी संक्रमित थपिने गरेका छन् । आर्थिक वर्ष २०७७ । ०७८ मा दुई लाख ४२ हजार ६ सय ८९ जनाको एचआईभी परीक्षण गराउँदा दुई हजार ५ सय ७९ मा संक्रमण देखिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू