Ads

एमसीसीको जालोमा सत्ता गठबन्धनः बहुमत जुटाउन कांग्रेसको दौडधुप


काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गराउने रणनीतिमा छन् ।

आइतबार संसदमा टेबल भएको एमसीसी पास हुन्छ कि हुदैन भन्ने अहिलेसम्म केहि टुङगो लागेको छैन । एमसीसी पास हुनु पर्छ भन्नेमा अहिलेसम्म खुलेको दल भनेको नेपाली कांग्रेसमात्र हो । सत्ता गठबन्धनका अन्य चार दलहरु अहिले पनि विपक्षमा उभिएका छन् । एमसीसी संसदमा टेबल गर्न सहमति दिएको भन्दै नेकपा एकीकृत समाजवादीमा विवाद सुरु भएको । विवाद भएपछि सोमबार सचिवालयको बैठक बस्दै छ ।

माओवादी केन्द्रले कार्यव्यवस्था समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेको छ । उसले राष्ट्रिय सहमति नहुदा सम्म आफूले समर्थन नगर्ने जनाउदै आएको छ । जसपामा पनि एमसीसीका विषयमा एक मत छैन । उपेन्द्र यादव अन्य गठबन्धनसंगै जाने तयारीमा छन् भने बाबुराम भट्टराई जसरी पनि पास गर्नु पर्छ भन्दै आएका छन् । राष्ट्रिय जनमोर्चाले त एमसीसी फिर्ता पठाउनु पर्छ भन्दै आएको छ ।

सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले भने अझै पनि सत्ता गठबन्धन टिकाएर नै एमसीसी पास गर्नु पर्ने रणनीति अपनाएको छ । यसको लागि अहिले कांग्रेस आन्तरिक छलफल देखि गठबन्धनका नेताहरुसंग भेटघाटमा जुटेको छ ।

प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे एमसीसी विषयमा छलफल गर्न नेताहरूलाई बालुवाटार बोलाएको जनाइएको छ ।

महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडू, संसदीय दलकी सचेतक पुष्पा भुसाल लगायतलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१२ गते बस्ने प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बस्नु अघि एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यमा कांग्रेस र प्रधानमन्त्री देउवा लागेका छन् । देउवाले सकेसम्म सत्ता गठबन्धनलाई नै एमसीसीको पक्षमा मतदान गराउने तयारी रहेको बुझिएको छ ।

माओवादी र एकीकृत समाजवादी एमसीसी पासका लागि मतदान नगर्ने अवस्थामा प्रमुख प्रतिपक्षी एमालेलाई फकाउने प्रयास पनि देउवाले जारी राखेका कांग्रेस नेता बताउछन् ।

सरकार सञ्चालन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन जोगाएर नै एमसीसी पनि पास गराउनु पर्ने योजनामा रहेका छन् ।

अहिलेको अवस्थामा एमसीसीसँगै गठबन्धनको पनि आवश्यकता रहेको पौडेलको भनाइ छ । त्यहि भएर उनले पनि अन्तिमसम्म सत्ता गठबन्धन जोगाएर नै एमसीसी पास गराउनु पर्ने भन्दै गठबन्धनका नेताहरुसंग छलफल गर्ने तयारी गरेका छन् ।

पौडेलले आज सोमबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट्दै छन् । तीनैजना नेताहरू एमसीसीको विपक्षमा रहँदै आएका छन् ।

गठबन्धनको संयोजकको हिसाबले मुलुकलाई थप समस्यामा जान नदिन गठबन्धनलाई पनि मजबुत राख्ने र संसदमा पेश भएको एमसीसी पारित गराउन सहमति पनि जुटाउने आफ्नो उद्देश्य भएको उनको भनाइ छ ।

उनले एमसीसीको विषय संसदमा टेबल भएपछि सार्वभौम संसदको निर्णय नै सबैले मान्नुपर्ने पनि बताए । एमसीसीकै कारण गठबन्धनमा दरार आउन दिन नहुने भन्दै पौडेलले सहमति खोज्न आफू गठबन्धनका नेताहरुसंग छलफल गर्न थालेको बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारमो पालामा एमसीसी पास गर्नु पर्ने धारण राख्दै आएको भएपनि अहिले भने सरकारको धारण नआउदासम्म आफू केहि पनि नबोल्ने बताउदै आएको छ ।

तर सोमबार नै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो माग पुरा नहुदासम्म एमसीसी पास हुन नदिने बताएका छन् । एमाले लामो समय देखि आफ्नो पार्टीले कारवाहि गरेका १४ जना सांसदहरुलाई कारवाहि हुनु पर्ने भन्दै संसदमा विरोध जनाउदै आएको छ ।
भदौ १ गते एमालेले कारवाहि गरेका माधवकुमार नेपाल लगायतका १४ जना सांसदलाई सभामुखले कारबाहि नगरेर रोकेर राख्दा निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएको भन्दै संसदमा विरोध जनाउदै आएको छ ।

एमालेले १४ जना सांसहरुको पद खारेज गराइ पाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू