काठमाडौँ । क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । आज(सोमबार) जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट मा १५ ओभरमा अलआउट हुँदै क्यानडाले ८० रन बनाएको हो ।
अल अमेरात क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको हो । बलिङमा शानदार प्रदर्शन गरेको नेपालले आजको खेलमा क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्ने तयारीमा रहेको छ ।
केहिबेरमा नेपालले क्यानडाविरुद्ध व्याटिङ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्