काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको छ ।
आज(सोमबार) को जित संगै ग्लोबल छनोटमा लगातार तेस्रो जीत निकालेको नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा २ विकेट गुमाउदै क्यानडाविरुद्ध जित निकालेको हो ।
यस अघि नेपालले आयोजक टिम ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।
३ खेलमा ३ जित निकालेको नेपालले ६ अंक जोडेको छ भने उपविजेता बनेको ओमानले ३ खेलमा ४ अंक जोडेको छ ।
फेब्रुअरी २२ तारिखमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्