Ads

काठमााडौंबाट ३६ जना चिनियाँ नागरिक पक्राउ


काठमाडौं । सोमबार राती काठमाडौंबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सोमबार चिनियाँ नागरिक पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । उनले भने, ‘धेरै चिनियाँहरु पक्राउ परेका छन् । उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’

चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू