काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सेवा सुरु भएको छ ।
आज(मंगलबार) देखि प्रयोगशालामा उक्त परीक्षण सुरु भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झाले जानकारी दिएकी छन् ।
डा. झाले जनस्वास्थ्य प्रयोजनका लागि उक्त परीक्षण निःशुल्क रुपमा सञ्चालन हुने बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्