Ads

मोहन वैद्यसंग प्रचण्डले भने : एमसीसीको विपक्षमा मतदान गर्छौं


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका विपक्षमा मतदान गर्ने बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवाद) का महासचिव मोहन वैद्य ‘किरण’ संग भएको भेटवार्तामा उक्त कुरा बताएको हो । प्रचण्ड निवास खुमलटारमा बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका बताइएको छ । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको तर आफ्नो पार्टी विपक्षमा मतदान गर्ने बचन दिएको वैद्यलले बताए ।

‘एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । उहाँ (प्रचण्ड) ले गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो’, वैद्यले भने, ‘ यो राष्ट्रघाती छ पास गर्नुभयो भने राम्रो हुदैन भनेर मैले भनेँ ।’

दुई नेताबीचको भेटवार्तामा एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न सुझाव दिएका थिए । नेकपा क्रान्तिकारी माओवादी बसन्त बोगटी, सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू