Ads

एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का शिर्ष नेताहरु बुधबार बैठक बस्दैछ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमा मतदान हुने संभावना रहेको छ । त्यसबारेमा के गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बस्दै छ । आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको बताइएको छ ।

आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ ।

एमसीसीको विषयमा समाजवादीमा दुई धार देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप भने जारी नगर्ने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू