Ads

लोसपा संसदीय दलको बैठक : एमसिसीको पक्षमा उभिने निर्णय


काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसिसीका पक्षमा मतदान गर्ने भएको छ।

बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकाले लोसपा पक्षमा उभिने निर्णय गरेको सांसद भन्दा चौधरीले बताइन । उनले भनिन् , ‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’

उनले लोसपाले एमसिसीको पारित गर्न पक्षमा मतदिने बताइन्।

बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।

Ads

सम्बन्धित पोष्टहरू