काठमाडौँ । अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।
शाहविरुद्ध गायिका समीक्षा अधिकारीले किटानी जाहेरी परेको हो । शाहविरुद्ध किटानी जाहेरी भएसंगै यस सम्बन्धमा कानुनी व्यवस्थाको चर्चा भएको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्