त्यो त्यही स्थान थियो , जहाँ नेकपा एमालेको चितवनमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्व काठमाण्डौ फर्केपछि केन्द्रीय कमिटीको बैठक बसेको थियो ।
भक्तपुरको त्यही जर्मन हाउस बुधबार एमाले अध्यक्ष ओलीमय थियो । जहाँ अध्यक्ष ओलीका अति शुभेच्छुकहरु शुभकामनासहित भरिभराउ थिए ।
हो,त्यहाँ पूर्वप्रधानमन्त्री ओलीको ७१ औं जन्मोत्सव चलिरहेको थियो र,उहाँकै बारेमा लेखिएको ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पण गरिएको थियो ।
मञ्चमा हुनुहुन्थ्यो अध्यक्ष ओली,ओलीका पिता मोहनप्रसाद ओली र पत्नी राधिका शाक्य। हल र बाहिर भने खचाखच उपस्थिती ।
प्रतिक्रिया दिनुहोस्