काठमाडौं । सत्ता गठबन्धनका तीन दलहरुका शिर्ष नेताहरुको छलफल पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भेट्न बालुुवाटार पुगेका छन् ।
एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो ।
एमसीसीबारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । त्यसअघि बसेको तीन दलका शीर्ष नेताहहरुको बैठकमा एमसीसीका बारेमा कसरी जाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्