काठमाडौं । एमसीसीमाथि प्रत्येक सांसदहरुले आआफ्नो धारणा राख्न पाउने भएका छन् । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीमाथि धारणा राख्न चाहनेले पाँच÷पाँच मिनेट पाउने निर्णय गरेको हो । एमसीसीमाथि प्रतिनिधिसभामा भएका हरेक सांसदले सैद्धान्तिक विषयमाथिको छलफलमा माग लिने पाउने र त्यसका लागि पाँच÷पाँच मिनेटको समय निर्धारण गरेको संसद् सचिवालयले जानकारी दिएको छ । कार्यव्यवस्थाको बैठकले कति दिन भित्रमा बहस सक्ने भन्ने टुंगो नलगाउनले भन्नेबारे निर्णय नभएको संसद् सचिवालयले बताएको छ । यता कांग्रेसले एमसीसीको पक्षमा आफ्नो राय राख्नेछ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा राय राख्नेछ । एमालेले १४ जना आफ्ना सांसदलाई कारबाही नगरी छुट्टै पार्टीको मान्यता दिएको भन्दै लामो समयदेखि संसद अबरुद्ध पार्दै आएको छ । एमालेभित्र पनि भीम रावल पक्षले भने एमसीसीको विपक्षमा आफ्नो मत राख्ने तयारी गरेको छ । गत आइतबार संसदमा टेबुल भएको एमसीसीमाथि बिहीबारबाट सैद्धान्तिक छलफल सुरु हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्