काठमाडौँ । प्रतिनिधिसभाको आज(बिहिबार)को बैठक स्थगित भएको छ ।
आजको बैठकमा एमसीसीबारे मात्र सामान्य छलफल हुने कार्यसूची रहेको थियो । तर अकस्मात बैठक स्थगित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले सरकारको आग्रहमा आजको बैठक स्थगित गरेका छन् । आज स्थगित बैठक भोलि(शुक्रबार) दिउसो १ बजे पुनः बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्