Ads

युक्रेनको आक्रमणमा नेपालको विरोध


काठमाडौँ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युक्रेनको दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्ने रुसी आक्रमण संयुक्त राष्ट्रसंघीय बडापत्र विपरीत रहेको बताएको छ ।

‘राष्ट्रसंघको एक सदस्यको रुपमा नेपालले सार्वभौमिकता र भौगोलिक अखण्डतालाई राष्ट्रसंघको बडापत्रले सम्मान गरेको र त्यसलाई सबै सदस्यराष्ट्रले मान्नुपर्दछ।’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सार्वभौमसत्तासम्पन्न देशमाथि हुने आक्रमणको विरोध गर्दै शान्तिपूर्णरुपमा समाधान खोज्नुपर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।

 

Ads

सम्बन्धित पोष्टहरू