काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदभवनमा भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओलीबीच छलफल सुरु भएको हो ।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।
प्रधानमन्त्रीज्यू र प्रमुख प्रतिपक्षी दलका नेतालगायतबीच छलफल भइरहेको कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले जानकारी दिए । संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भेटवार्ता भएको हो ।
बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्