काठमाडौं । नेकपा (एकीकृत समाजवादीं) का नेता झलनाथ खनालले आवश्यक परे सडक तात्ने बताएका छन् । बिहीबार संसद बैठक स्थगित भएपछि पत्रकारसंग कुरा गदै खनालले आवश्यक परेमा सडक तात्ने बताए । खनालले एमसीसीबारे जति छलफल भए पनि कुरा नमिल्ने दाबी गरेका छन् ।
उनले भने, ‘एमसीसीको कुरा कहिल्यै मिल्दैन । एकथरी महाशक्तिका पछि लागेका छन्, हामी देशको सार्वभौमिकता जोगाउन लागेका छौं ।’
खनालले गठबन्धन बन्ने र भत्किने कुरा ठूलो नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्