काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट ए अन्तर्गत आज(बिहिबार) नेपाल र ओमान प्रतिष्पर्धामा छन् ।
तेस्रो स्थानको लागि हुने खेलमा नेपालले टस हारेर पहिला बलिङ गरिरहेको छ । खेलको तेस्रो ओभरमा दुई विकेट लिदै नेपालले सुरुवाती प्रदर्शन राम्रो गरेको छ ।
ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
अल अमेरातमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै तेस्रो स्थान हाँसिल गर्ने तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्