काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले वान टू वान वार्ता गरिरहेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच अहिले पनि वार्ता जारी छ ।
संसद भवनमा कांग्रेस र एमालेका शीर्ष नेताबीचको भेटघाटपछि दुईजनालाई छाडेर अन्य नेता भने बाहिरिएका छन् ।
सरकारका प्रवक्ता एवम संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै छलफल जारी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्