Ads

सकियो शीर्ष वार्ता : एमालेका मागमा प्रधानमन्त्री लचिलो बन्ने संकेत,साँझ फेरि वार्ता


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको बताएका छन् ।

कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफलमा प्रधानमन्त्रीले एमालेका माग सम्बोधन गरेर सदन सन्चालन गर्न आवश्यक सहयोग गर्ने कुरा राखेको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

आजै साँझ साढे ७ बजेट प्रधानमन्त्री देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच फेरि वार्ता हुने उनले बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू