काठमाडौँ । आज(बिहिबार) जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गत भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
तेस्रो स्थानको लागि भएको खेलमा टस जितेर व्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको हो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक ३ विकेट हात पारेका छन् भने सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, अविनाश बोहराले एक–एक विकेट लिएका हुन् ।
केहिबेरमा नेपालले व्याटिङ गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्