काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध संवैधानिक रिट दर्ता भएको छ । महाभियोगविरुद्ध एउटा रिट दर्ता भइसकेको र अर्को दर्ता हुने क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।
अधिवक्ता पुण्य खतिवडा, त्रिलोकविक्रम चन्द, दीपक मिश्रलगायतले महाभियोगविरुद्ध संवैधानिक रिट दर्ता गरेका हुन् ।
रिटमा प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्