Ads

चिनियाँ नेताद्धारा ओली र नेपालसँग सम्वाद


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् ।

सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले एमाले अध्यक्ष ओली र विदेश विभाग उपप्रमुख चेन झाओले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भिडियो सम्वाद गरेका छन् ।

भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ ।

सम्वादका के के कुरा भयो भन्ने सार्वजनिक भने भएको छैन् ।

Ads

सम्बन्धित पोष्टहरू