Ads

बढ्दो राजनैतिक सरगर्मी : देउवा र भट्टराई पनि वार्तामा


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ बालुवाटार पुगेका छन् ।

एमसीसी विवादका कारण सत्ता गठबन्धन संकटमा परिरहेका बेला पूर्व प्रधानमन्त्री भट्टराइ प्रधानमन्त्री देउवालाई भेट्न गएका हुन् ।
जसपाभित्र उपेन्द्र यादव अस्पष्ट भएपनि बाबुराम एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका छन् ।

नेकपा एमाले, कांग्रेस, लोसपा र जसपाको बाबुराम पक्षको समर्थनमा अर्को गठबन्धन बनाउने तयारी भइरहेको बताइएको छ । बाबुराम पक्षले वहुमत कार्यकारिणी सदस्य र सांसहरुको हस्ताक्षर संकलन समेत गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू