काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गत आज(बिहिबार) को खेलमा जित निकालेसंगै नेपालले तेस्रो स्थान हासिल गरेको छ ।
अल अमेरातमा आज तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो । ८८ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर २ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्