काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच संसदमा जारी गतिरोध अन्त्य गर्ने लगायतका विषयमा भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै पार्टीको शीर्ष नेताहरुले पछिल्लो राजनीतिक परिस्थितिको समिक्षा गरेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी सम्झौता अधिकतम सहमतिमा पारित गर्न प्रस्ताव गरेका थिए । जवाफमा प्रमुख प्रतिपक्षी दलको नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले संसद अवरोध गर्नुपर्नाको कारण समाधान नभएसम्म अरु विषयमा सोच्न नसकिने जवाफ दिएका छन् ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि पत्रकारहरुसँग भने ‘प्रधानमन्त्रीले एमसीसीमा अधिकतमक सहमति कायम गर्न राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राख्नुभयो । एमालेले संसदमा राख्दै आएका माग सम्बोधन नभएसम्म नयाँ परिस्थिति नबन्ने धारणा ओलीजीले राख्नुभयो । यद्यपि छलफल निरन्तर राख्ने कुरा भएको छ ।’
प्रतिक्रिया दिनुहोस्