काठमाडौं । जनता समाजवादी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आज ललितपुरमा बस्दैछ । पार्टीको आन्तरिक बिबादका कारण लामो समय देखी बस्न नसकेको बैठक आजबाट पार्टी कार्यलय बालकुमारी ललिपुरमा बस्दै छ ।
बालकुमारीस्थति केन्द्रीय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ ।
आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको बिद्यान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएको बताइएको छ । साथै, समसामयिक राजनीतिक बिषयमा पनि छलफल हुने केन्द्रीय कार्यकारणी समिति सदस्य मनिष सुमनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्