Ads

संसद बैठक अघि माओवादी स्थायी कमिटी बैठक


काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जारी छ ।
बैठकमा एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न विवादका कारण सरकारबाट बाहिरीने कि कसरी जाने भन्ने विषयमा बैठक केन्द्रीत भएको बताइएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । हिजै एमाले अध्यक्ष र प्रचण्डबीच पनि भेटवार्ता भएको थियो । आजको माओवादी बैठकमा दुबै भेटवार्ताका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्रीसंगको छलफलमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताएका थिए भने अब आ–आफ्नै बाटो लाग्नेबारे निष्कर्ष निकालिएको थियो ।

प्रधानमन्त्री र प्रचण्डबीच भएको छलफलपछि सौहार्दपुर्ण वातावरणमै आआफ्नो बाटो लाग्ने तयारी भएको बुझिएको छ । माओवादी नेताका अनुसार देउवाले एमसीसी पारित गराएरै छोड्ने भनेपछि हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेकाले अहिलेको अवस्था भएको हो ।

सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो । लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए । तर उक्त संवाद पनि निस्कर्ष बिहीन नै रह्यो ।

Ads

सम्बन्धित पोष्टहरू