काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ । एमसीसीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बिहीबार पनि स्थगित भएको थियो भने शुक्रबार पनि स्थगित भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समय चाहिने भएकाले स्थगित गर्न आग्रह गरेपछि बैठक सरेको हो ।
बिहीबारको बैठक पनि देउवाकै आग्रहमा रोकिएको थियो । एमसीसी १६ फागुनसम्म पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । त्यसैको दबाबमा प्रधानमन्त्री देउवा छन् । सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रतिपक्षी एमालेको साथ खोजिरहेका छन् । देउवाले ओलीसँग पनि एमसीसी पास गर्नका लागि घनिभूत छलफल गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्