काठमाडौं । माओवादी केन्द्रले एमसीसीका बारे सत्तागठबन्धनमा निर्णायक वार्ता गर्ने भएको छ ।
शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले निर्णायक वार्ता गर्ने निर्णय गरेको हो ।
एमसीसी संसदमा टेबुल भएको छ । कांग्रेसले जसरी पनि एमसीसी पास गर्नु पर्ने अडान लिएपछि गठबन्धन नै धरापमा परेको छ ।
एमसीसीका बारेमा कसरी जाने र गठबन्धन के गर्ने भन्दै माओवादी केन्द्रको पूर्व स्थायी समितिको बै७क बसेको हो । बैठकले गठबन्धनमा निर्णायक वार्ता गर्ने निर्णय गरेको माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार एमसीसीबारे गठबन्धनमा निर्णायक वार्ता गर्ने निर्णय भएको छ ।
एमसीसीको विपक्षमा माओवादी केन्द्रले मतदान गर्ने निर्णय गरिसकेको छ । सरकारले संसदमा एमसीसी टेबुल गर्दा पनि सत्ता घटक माओवादी केन्द्रले लिखित रुपमा नै फरक मत राखेको छ । नेता बस्नेतका अनुसार अहिलेकै स्थितिमा एमसीसी पास गर्न नहुने माओवादी केन्द्रको अडान कामयै रहेको पनि बताए ।
एमसीसी १६ फागुनसम्म पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । त्यसैको दबाबमा प्रधानमन्त्री देउवा छन् ।
सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवा प्रतिपक्षी एमालेको साथ खोजिरहेका छन् । देउवाले ओलीसँग पनि एमसीसी पास गर्नका लागि घनिभूत छलफल गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्