काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी समितिको बैठक सुरु भएको छ । लामो समयदेखि आन्तरिक विवादका कारण बैठक बस्न सकेको थिएन ।
बैठक ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जारी छ । बैठकमा पार्टीभित्र देखिएको विवाद, एमसीसी, स्थानीय चुनावको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी फुटको दिशातिर गइरहेको छ । भट्टराईले लामो समयदेखि कार्यकारणी समिति बैठक बोलाउन माग गरिरहेका थिए ।
बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै छुट्टै पार्टी निर्माणका लागि हस्ताक्षरसमेत संकलन गरेको बताइएको छ ।
एमसीसीमा पनि जसपा भित्र दुई पक्ष छ । भट्टराई एमसीसीका पक्षमा मतदान गर्नुपर्ने भन्दै आएका छन् । यादवनिकट नेताहरू पार्टी विवाद झन् बढ्ने डरले नबोलेको भए पनि उपेन्द्र यथास्थितिमा एमसीसीलाई सर्मथन गर्ने पक्षमा नरहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्