काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीलाई गिजोलेर भूराजनीतिक विषय बनाइएको भन्दै देशले गम्भीर मूल्य चुकाउनुपर्ने बताएका छन् ।
संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धनले एमसीसीलाई गिजोलेका कारण देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताएका हुन् ।
उनले भने, ‘एमसीसीलाई लिएर सरकारमा रहेका गठबन्धन दलहरुले दुई वटा जुन ब्लन्डर गरेका छन्, यसको मूल्य देशले धेरै महंगो चुकाउनु पर्छ ।’
प्रतिक्रिया दिनुहोस्