काठमाडौं । कांग्रेस र एमालेबीच आज बालकोटमा भएको बैठक कुनै टुंगोमा नपुगेको नेताहरुले बताएका छन् ।
लोकतन्त्रका लागि लडेका शक्तिहरु आधारभूत समझदारी गरेर अघि बढ्नुपर्नेमा बैठकमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले एमसीसी पारित गर्नुपर्ने तथा एमालेले पार्टीका १४ सांसदलाई कारवाही गर्नुपर्ने अडान दोहोर्याएका थिए ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष कांग्रेस र एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा रहनुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिएको बताए ।
एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । तर कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्